‘कश्मीर फाइल’का निर्देशक अग्निहोत्रीविरुद्ध मुम्बई प्रहरीमा उजुरी

फिल्म ‘कश्मीर फाइल्स’का निर्देशक विवेक अग्निहोत्रीविरुद्ध मुम्बई प्रहरीमा उजुरी परेको छ ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार पत्रकार तथा जनसम्पर्क प्रबन्धक रोहित पाण्डेले उजुरी दिएका हुन् । उनले उजुरीमा कश्मीर फाइल्सका निर्देशक विवेक अग्निहोत्रीले भोपालका जनताको अपमान गरेको आरोप लगाएका छन् ।

उजुरीमा उल्लेख भएअनुसार 'उनले मिडियालाई दिएको अन्तर्वार्तामा जानाजानी लाजमर्दो तरिकाले भोपालीलाई समलिङ्गीहरू भनेका छन् ।'

अग्निहोत्रीविरुद्ध लिखित उजुरी परेको एक प्रहरी अधिकारीले बताएका छन् । उजुरीमा अग्निहोत्रीविरुद्ध अवहेलनाको मुद्दामा एफआइआर दर्ता गर्नुपर्ने उल्लेख गरिएको छ ।

हालै एक अनलाइन च्यानललाई अग्निहोत्रीले दिएको अन्तर्वार्ताको भिडियो क्लिप भाइरल भइरहेको छ । यसमा उनी भन्छन्, ‘म भोपालमा हुर्केको हुँ । तर म भोपाली होइन । किनभने तिनीहरूको शैली फरक छ, म तपाईंलाई कहिलेकाहीँ एकान्तमा व्याख्या गर्नेछु।

'यदि तपाईं चाहनुहुन्छ भने जुनसुकै बेला कुनै भोपालीलाई सोध्न सक्नुहुन्छ । कसैलाई भन्नुहोस् यो भोपाली हो भनेर, यसको सीधा अर्थ हुन्छ कि ऊ समलिङ्गी हो ।'





  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार २०:१२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया