अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज बिहान सम्पन्न खेलमा इजरायलविरुद्ध घरेलु टोली जर्मनी २–० ले विजयी भएको छ । रेन-नेकर एरिना स्टेडियममा भएको खेलमा घरेलु टोली जर्मनीको जितमा काइहाभर्टेज र टिमो वर्नरले गोल गरे ।
खेलको २६ औं मिनेटमा हाभर्टेजले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको थप गरिएको समयमा वर्नरले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
८९ औं मिनेटमा थोमस मुलरले पेनाल्टीमा गोल गर्न नसक्दा जर्मनी फराकिलो अग्रता लिन चुकेको थियो । दोस्रो हाफको थप गरिएको समयमा योनेटन कोहन पेनाल्टीमा चुक्दा इजरायलले गोल अन्तर कम गर्न सकेन ।
अर्को मैत्रीपूर्ण खेलमा नेदरल्याण्ड्सले डेनमार्कलाई ४–२ गोल अन्तरले हरायो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।