हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसा कायम गरेको छ ।

युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५२ पैसा छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १६० रुपैयाँ १७ पैसा र बिक्रीदर १६० रुपैयाँ ९६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १३१ रुपैयाँ दुई पैसा र बिक्रीदर १३१ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८२ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रीदर ९७ रुपैयाँ ४७ पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ मात्र र बिक्रीदर १० रुपैयाँ पाँच पैसा छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा छ भने कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८८ पैसा छ भने बिक्रीदर २९ रुपैयाँ तीन पैसा रहेको छ । कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ एक पैसा कायम भएको छ ।



 


 
 



  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १०:५६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया