शिक्षामन्त्री पौडेलकाे आराेप- पदकै लागि बादलहरू एमालेमा गए

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाएका छन् ।

नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् ।

उनले भने, ‘बादल, टोपबहादुरलाई पार्टीले सरकारमा पठाएको थियो । पार्टीलाई धोका दिई पदकै लागि एमालेमा जानुभयो । अहिले माओवादीलाई सराप्दै हुनुहुन्छ ।’ 

आगामी स्थानीय तहको चुनावमा गठबन्धनका प्रयास भइरहेको बताउँदै पहिले आफू मजबुत हुनपर्ने मन्त्री पाैडेलकाे भनाइ छ । 

‘आफ्नो उम्मेदवार तयार गरी अघि बढ्ने कुरा पहिलो हो । आफ्नो पार्टी मजबुत भएपछि अन्य दल गठबन्धन गर्न आउँछन्’, उनले भने । 

देशको परिर्वतनका लागि माओवादीले दुःख, कष्ट र त्याग गरेको बताउँदै देशमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न गठबन्धन गरेको मन्त्री पाैडेलकाे जिकिर छ ।



माओवादीको लामो संघर्षपछि आएको परिवर्तनमा अन्य पार्टीले रजाइँ गरेको बताउँदै पार्टीको पुनर्गठनमा लागेको पनि उनले बताए । 

उनले भने, ‘माओवादीको योगदानमा देशमा समानुपातिक प्रतिनिधित्व लगायत थुप्रै उपलब्धि भए । उपलब्धि गुम्ने खतरा आएपछि गठबन्धनको आवश्यक भयो माओवादीकै उपलब्धिमा टेकेर माओवादीलाई नै गाली गर्नेहरूको कमी छैन । संविधानत: जनप्रतिनिधिले कु गर्न मिल्दैन । दुई-दुई पटक संविधान मिचेर संसद अन्त्य गर्नेले उल्टै ठूला कुरा गरेको सुहाउँदैन ।’ 



प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाबाट विक्रम आचार्यसहितका युवा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । 

  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १४:३४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया