प्रतिबद्धताअनुसार किन लगानी आउँदैन अनुसन्धान गर्न जरुरी छ : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको मुख्य समस्या मुलुकमा रकमको अभाव भएको बताएका छन् ।

आइतबार उद्योग वाणिज्य महासंघ र लगानी बोर्डबीच लगानीसम्बन्धी विस्तृत सम्झौतापत्रमा हस्ताक्षर गर्दै उनले व्यापार घाटा सात महिनामै १० खर्ब नाघेको तर वैदेशिक सहायता बढ्न नसकेकाले अहिले मुलुकको अर्थतन्त्रमा समस्या आएको बताए । 

उनले अब विदेशी लगानी ठूला उद्योगमा मात्रै नभएर साना तथा मझौला उद्योग पनि ल्याउनु पर्ने बताए । गोल्छाले नेपालमा विदेशी लगानी प्रतिबद्धता धेरै आउने तर लगानी नआउने समस्या धेरै भएको दाबी गरे ।

'लगानी बोर्डले धेरै लगानी सम्मेलन गरेको छ । त्यसमा प्रतिबद्धता धेरै आउने गरेको छ । तर, लगानी देशभित्र आउँदैन । प्रतिबद्धता पनि जरुरी छ तर हामीले लगानीको प्रतिबद्धता हुन्छ । किन लगानीमा परिणत हुँदैन, अनुसन्धान गर्न जरुरी छ । त्यसको लागि निजीक्षेत्रको सहभागिता बढी राख्नु पर्छ’ उनले भने ।

त्यस्तै, महासंघकी पूर्वअध्यक्ष तथा लगानी बोर्डका सदस्य भवानी राणाले मुलुकमा अहिले अर्थतन्त्रमा देखिएका चुनौती सामना गर्नका लागि आन्तरिक अर्थतन्त्र परिचालन तथा विदेशी ठूला लगानीको आवश्यकता भएको बताइन ।

‘मुलुकमा अहिले अर्थतन्त्रमा देखिएका चुनौती सामना गर्नको लागि आन्तरिक अर्थतन्त्र परिचालन तथा विदेशी ठूला लगानीको आवश्यकता छ । जसले गर्दा पुँजी बजारमा भयो भने नेपालका उद्योगहरूको सहयोग मात्रै नभएर ठूला पूर्वाधारका लगानी आउन सक्छ,' उनले भनिन् । 



पूर्वअध्यक्ष राणाले नेपालमा जलविद्युतमा मात्रै धेरै विदेशी लगानी भएकाले अब पर्यटन तथा कृषि क्षेत्रमा विदेशी लगानी र प्रविधि दुबै ल्याउनु पर्ने बताइन् । नेपाल उद्योग वाणिज्य महासंघले लगानीको वातावरण बनाउन लगानीकर्तालाई सहजीकरण गर्न एक सहायता केन्द्र स्थापना गर्ने भएको छ । 



  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १५:२५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया