बलिउड अभिनेता आमिर खानले फिल्ममा काम नगर्ने निर्णय वर्षौंअघि नै गरेकाे बताएका छन् । उनले अभिनयकाे साथसाथै कुनै पनि चलचित्रकाे निर्माण नगर्ने निर्णय समेत गरिसकेकाे बताए ।
भारतीय च्यानलसँगकाे कुराकानीमा उनले यस्ताे बताएका हुन् ।
उनले भने, ‘मैले कतै स्वार्थी छु र आफ्नो बारेमा मात्र सोचिरहेको महसुस गरें । छोराछोरी र परिवारको जिम्मेवारी मैले राम्राेसँग पूरा गर्न सकिनँ । यस्तो अवस्थामा मैले फिल्ममा काम गर्न छोडेकाे थिएँ ।’
यस कार्यक्रममा आमिर खानले आफूले फिल्म छाड्ने सार्वजनिक घोषणा भने नगरेको बताउँछन् ।
यस सम्बन्धमा आमिरले भन्छन्, ‘मलाई लाग्यो कि मैले अब अभिनय नगर्ने कुरा पनि मानिसहरूलाई बताउनुपर्छ । तर, त्यसपछि कसै न कसैलाई मार्केटिङ स्किम लाग्छ सक्छ भन्ने महसुस भयो । लालसिंह आउँदैछ, त्यसैले संन्यासको घोषणा गर्दैछन् ।’
आमिरकाे निर्णयको बारेमा परिवारलाई थाहा पाएपछि उनीहरूले सम्झाएका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।