चीनको सांघाइमा चरणबद्ध लकडाउनको तयारी

चीनको सबैभन्दा ठूलो शहर सांघाइले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न चरणबद्ध लकडाउन गर्ने भएको छ ।

सोमबारदेखि सुरु हुने परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा लकडाउन गर्ने भएको हो । त्यस्तै, पश्चिमी भागमा १ अप्रिलदेखि लकडाउन हुनेछ । २ करोड ५० लाख जनसंख्या भएको महानगर पछिल्ला दिनमा राष्ट्रव्यापी प्रकोपको प्रमुख हटस्पट बनेको छ । 

चीनमा आइतबार एकैदिन कोभिडका ४ हजार ५ सय संक्रमित देखिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । 

यो अघिल्लो दिनको तुलनामा १ हजार कमी हो । संक्रमण बढेसँगै विभिन्न सहरमा लागू भएका लकडाउनले लाखौँ मानिस प्रभावित भएका छन् ।  





  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार ६:५९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया