एनआरएनएको निर्वाचनप्रति दीपकराजको व्यंग्य : केही सिकाउलान् भनेको यतैबाट पो सिकेर गएछन्

कलाकार तथा चलचित्र निर्माता दीपकराज गिरीले गैरआवासीय नेपाली संगठन (एनआएनए) को नयाँ नेतृत्व चयनप्रति व्यंग्य गरेका छन् । उनले ‘कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि बाँगै भन्दै’ एनआरएनएप्रति व्यंग्य गरेका हुन् । 

‘कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा राखे नि बांगै ! एनआरएनमा ३ वटा अध्यक्ष र ११ उपाध्यक्ष रे उताबाट आएर केही सिकाउलान् भनेको यतै बाट पो सिकेर गएछन्,’ गिरीले फेसबुकमा लेखेका छन् ।   

आइतबार सम्पन्न १० औं विश्व सम्मेलनबाट बद्री केसी, रविना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएका थिए । भागबण्डा मिलाउन तीन अध्यक्ष चयन गरिएपछि एनआरएनएको नेतृत्वप्रति विभिन्न टीकाटिप्पणी भइरहेका छन् । 





  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार ९:३३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया