वीर अस्पतालमा रगतजन्य अनुवांशिक रोगको उपचार निशुल्क हुने

वीर अस्पतालले निःशुल्क रगतजन्य आनुवांशिक रोगको उपचार सेवा सुरु गरेको छ ।

सोमबार एक कार्यक्रम आयोजना गरी अस्पतालले रगतजन्य अनुवांशिक रोगको निःशुल्क उपचार सेवा सुरु गरेको हो । अस्पतालबाट अब रगतजन्य रोगको निःशुल्क उपचार गर्न पाइनेछ । 

कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डा.भूपेन्द्रबहादुर बस्नेतले आजबाट रगत र रगतसँग सम्बन्धित रोगको उपचार निःशुल्क सेवा सुरु भएको बताए।

उनले अबका दिनमा अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्नेतर्फ लागिरहेको पनि बताए ।

रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा. निरजकुमार सिंहले अस्पतालको अबको लक्ष्य बनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्ने रहेको जानकारी दिए ।
 





  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार १४:२७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया