नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन् ।
रोल्पामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘गठबन्धनको बलमा होइन । आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो ।’
उनले गठबन्धन र तालमेल गर्ने बारे पनि ध्यान दिने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।