रोल्पाले ध्वंश मात्र होइन, निर्माण पनि गर्न सक्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाले ध्वंशमात्र होइन, निर्माण पनि गर्न सक्ने बताएका छन् । 

राेल्पा नगरपालिकामा बनेको भ्युटावरको सोमबार उद्घाटन गर्दै प्रचण्डले यस्ताे बताएका हुन् ।

उनले भने, ‘माओवादी युद्धको ऐतिहासिक रोल्पा अशान्तिमात्र होइन, ध्वंश मात्र पनि होइन, निर्माण पनि गर्न सक्छ । यो भ्यूटावरसहितले देखाएको छ । सहिदलाई स्मरण गरेर काम गर्नुहोस् । रोल्पा माओवादी युद्ध संग्रहालय बन्न सक्छ।’ 

रोल्पाको विकास र समृद्धिका लागि आफूले सकेको सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता छ । 





  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार १४:३८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया