रोल्पाका सबै तह जिताउनुस्, विकासका ठूलाठूला कार्यक्रम ल्याउन तागत लगाउनेछु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पामा ठूलाठूला विकासका कार्यक्रम ल्याउन आफूले केन्द्रबाट तागत लगाउने प्रतिवद्धता जनाएका छन् । 

रोल्पाको सदरमुकाम लिबाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले सो प्रतिवद्धता जनाएका हुन् । 

उनले भने, ‘तपाईंहरूले सम्पूर्ण रोल्पाका सबै पालिका र वडा जिताएर  देखाउनुपर्नेछ । रोल्पामा ठूलाठूला विकासका कार्यक्रम ल्याउन र शान्ति र विकासको पनि हिरो हो भन्ने गराउनका लागि केन्द्रबाट मैले सम्पूर्ण तागत लगाउनेछु ।’

प्रचण्डले आगामी निर्वाचनमा माओवादी हार्दा सिंगो जनयुद्धकै हार हुने पनि बताए ।

उनले रोल्पालाई क्रान्तिको लालकिल्ला भएको स्मरण गर्दै जनयुद्ध स्मृति टावरको उद्घाटन गर्न रोल्पा पुगेको सुनाए ।





  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार १६:०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया