नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको बेलामा अप्ठ्याराे अवस्था आउँदा आफू रोल्पा पुग्ने गरेको स्मरण गरेका छन् ।
रोल्पामा बनेको जनयुद्ध स्मृति भ्यु टावर उद्घाटन गर्न पुगेका प्रचण्डले लिबाङमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै पुराना दिनकाे स्मरण गरेका हुन्।
‘हरेक पटक आन्दोलनमा अप्ठ्याराे आउँथ्यो, म पार्टी हेडक्वार्टरको हिसाबमा रोल्पा नै आउँथेँ’, प्रचण्डले भने, ‘तपाईंहरूले नै दिएको खाएर, तपाईंहरूको सुरक्षामा बसेर मैले निकै ठूलो शक्ति पाउँथेँ । रोल्पा क्रान्तिका लागि मात्र प्रतिवद्ध होइन, शान्तिमा पनि, निर्माणका काममा पनि रोल्पाले अग्रणी भूमिका खेल्नसक्छ ।’
साथै, उनले रोल्पा जनयुद्धको बेलामा लालकिल्ला भएको भन्दै अझै पनि त्यो रहिरहने दाबी गरे ।
‘रोल्पा लालकिल्ला थियो, लालकिल्ला छ, लालकिल्ला रहिरहनेछ । तपाईंरूको त्याग, बलिदान र निष्ठा नभएको भए देश संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्ने थिएन । अग्रणी भूमिका रोल्पाले नखेलेको भए यो देशका सबैले राज्यमा प्रतिनिधित्व पाउने कुरा थिएन’, प्रचण्डले भने ।
रोल्पामा ठूलो योजना ल्याउन आफ्नो सहयोग रहने पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।