बिमस्टेकमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का श्रीलंकामा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खडका श्रीलंका पुगेका छन् ।

औपचारिक रूपमा बुधबारबाट सुरु हुने बिमस्टेक सम्मेलन उद्घाटन अघि मंगलबार आयोजना गरिएको विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुनका लागि मन्त्री खडका कोलम्बो पुगेका हुन् । 

बिमस्टेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल रूपमा सम्बोधन गर्ने उक्त सम्मेलनको अध्यक्षता श्रीलंकाले गर्नेछ । 

बिमस्टेकको पछिल्लो सम्मेलन सन २०१८ मा नेपालमा सम्पन्न भएको थियो ।





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार ८:४४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया