परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता भएको छ ।
बिमस्टेक मन्त्रीस्तरीय बैठकको साइडलाइनमा उनीहरुले भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्का बिमस्टेकको १८ औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार कोलम्बो पुगेका हुन् ।
भेटवार्तामा १ अप्रिलबाट सुरु हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीका विषयमा छलफल भएको परराष्ट्रले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।