ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
फरकधार / १५ चैत, २०७८

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ ।



सोमबार सुन तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार ९९ हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज तेजाबी सुनको भाउ तोलाको ९८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ ।



सोमबार १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा निर्धारण भएको छ । 



  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार १२:३३:३३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया