बागमती प्रदेश : स्थानीय निर्वाचनमा पुरुषभन्दा महिला धेरै मतदाता

बागमती प्रदेशमा स्थानीय तहको निर्वाचनमा मतदान गर्ने मतदाताको संख्या पुरुषभन्दा महिलाको संख्या धेरै रहेको छ । 

प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशको तथ्यांकअनुसार प्रदेशको १३ जिल्लामा कुल ३४ लाख १२ हजार ८ सय ६९ जना मतदाता रहेका छन् । 

जसमध्ये १७ लाख ४ हजार ८ सय ९८ पुरुष मतदाता रहेका छन् भने १७ लाख ७ हजार ९ सय ४२ महिला मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशको तथ्यांक छ । 

यो तथ्यांकअनुसार प्रदेशमा पुरुषको तुलनामा महिला ३ हजार ४४ जना बढी रहेको पाइएको छ । त्यस्तै, अन्य मतदाता २९ जना रहेका छन् । 

कुन जिल्लामा कति मतदाता ? 

प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा धेरै मतदाता रहेको जिल्ला काठमाडौं रहेको छ । काठमाडौंमा ६ लाख ३७ हजार ७ सय ७५ मतदाता रहेका छन् । जसमध्ये पुरुष मतदाताको संख्या ३ लाख ८ हजार २ सय २१ रहेको छ भने महिला मतदाता ३ लाख २९ हजार ५ सय ४५ छ। 



त्यस्तै, प्रदेशकै सबैभन्दा कम मतदाता रहेको जिल्ला रसुवा हो । रसुवामा कुल ३८ हजार ५ सय ४५ मतदाता रहेकोमा महिलाको संख्या १८ हजार ८ सय ५६ रहेको छ भने पुरुष मतदाता १९ हजार ६ सय ८९ रहेको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशको तथ्यांक छ । 

दोलखामा  कुल १ लाख ६ हजार ९६ मतदाता रहेकोमा पुरुष मतदाताको संख्या ८ हजार ५ सय १७ रहेको छ भने महिला मतदाताको संख्या ७९ हजार  ५ सय ७९ रहेको छ । दोलखा जिल्लामा पुरुषको तुलनामा महिलाको मतदाताको संख्या उल्लेख्य रुपमा धेरै रहेको पाइएको छ । 



त्यस्तै, रापेछापमा ९१ हजार १ सय ३१ पुरुष मतदाता र ८७ हजार ७ सय ३७ महिला मतदाता गरी कुल १ लाख ७८ हजार ८ सय ६७ मतदाता रहेका छन् । सिन्धुलीमा १ लाख ५ हजार ९ सय ४२ पुरुष मतदाता र १ लाख ३ सय ९३ महिला तथा अन्य १ जना गरी कुल २ लाख ६ हजार ३ सय ३६ मतदाता रहेका छन् । 

त्यस्तै, धादिङ्गमा १ लाख ३६ हजार ४ सय ३१ पुरुष मतदाता, महिला १ लाख ३ हजार ९३ तथा अन्य १ गरी २ लाख ६८ हजार ४ सय ७२ मतदाता रहेका छन् । 

नुवाकोटमा कुल मतदाताको संख्या २ लाख ३७ हजार ४ सय ३४ रहेको पुरुषको संख्या १ लाख २२ हजार ४ सय २, महिलाको संख्या १ लाख १५ हजार २९ र अन्य ३ रहेका छन् । 

त्यस्तै भक्तपुरमा १ लाख ८९ हजार ५ सय ८४ कुल मतदाता संख्या रहेकोमा पुरुषको संख्या  ९२ हजार २ सय ६५, महिलाको संख्या ९७ हजार ३ सय २४ र अन्यको संख्या ५ रहेको छ ।

यस्तै ललितपुरमा १ लाख १८ हजार ९ सय ३३ पुरुष, १ लाख २४ हजार ९ सय ५० महिला र १ जना अन्य गरी २ लाख ४३ हजार ८ सय ८४ मतदाता संख्या रहेको छ । 

काभ्रेपलाञ्चोकमा ३ लाख ३ हजार ५ सय ६० कुल मतदाता रहेकोमा पुरुषको संख्या १ लाख ५४ हजार १ सय ८३, महिलाको संख्या १ लाख ४९ हजार ३ सय ७५ र अन्य २ मतदाता रहेका छन् । 

प्रदेशको सिन्धुपाल्चोक जिल्लामा १ लाख ३२ हजार २ सय १२ पुरुष १ लाख २३ हजार ५ सय महिला गरी कुल मतदाताको संख्या २ लाख ५५ हजार ७ सय १२ मतदाता रहेका छन् । 

चितवनमा कुल मतदाताको संख्या ३ लाख ९७ हजार ६ सय ८५ रहेकोमा पुरुष मतदाताको संख्या १ लाख ९३ हजार १८, महिला मतदाताको संख्या २ लाख ४ हजार ६ सय ६६ र अन्य १ मतदाताको संख्या रहेको छ । 

त्यस्तै मकवानपुरमा कुल मतदाताको संख्या २ लाख ९४ हजार ९ सय १९ रहेकोमा  पुरुष मतदाताको संख्या १ लाख ४९ हजार ९ सय ५४, महिलाको संख्या १ लाख ४४ हजार ९ सय ५९ र अन्य मतदाताको संख्या ६ रहेको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशको तथ्यांक छ ।

प्रदेशमा मतदान स्थल र मतदान केन्द्र

बागमती प्रदेशको १३ जिल्लामा कुल मतदान स्थल १ हजार ७ सय ९२ रहेका छन् । त्यस्तै, प्रदेशभर मतदान केन्द्र ४ हजार ९५ वटा रहेको  प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशले जनाएको छ । जिल्लाको भूगोल अनुसारको मतदान स्थल र मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । 

  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार १६:२८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया