नागरिकको सेवामा इमानदार बन्न नवनियुक्त शाखा अधिकृतलाई मन्त्री श्रेष्ठको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले जनता र नागरिकप्रति जिम्मेवार भएर काम गर्न नवनियुक्त शाखा अधिकृतहरुलाई निर्देशन दिएकी छिन् । 

मन्त्रालयमा पदस्थापन भई आएका नवनियुक्त अधिकृतहरुका लागि दिइएको ७ दिने भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी तालिमको आज काठमाडौंमा समापन गर्दै मन्त्री श्रेष्ठले कर्मचारीले पाएको जिम्मेवारीलाई निष्ठपूर्वक पूरा गर्न सके नागरिकले कर्मचारीप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्न सकिने बताइन् । 

अब मन्त्रालय र यस मातहतका मालपोत तथा नापीसम्बन्धी कामलाई प्रविधिमैत्री बनाउन लागिएको भन्दै उनले सबै इमानदार भएर लागे यसबाट काम पारदर्शी बन्दै जाने विश्वास समेत व्यक्त गरिन् ।


   
भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, विभाग र कार्यालयहरुले, जनजीविकासँग जोडिएर सार्वजनिक सेवा प्रवाहको गर्ने हुँदा सार्वजनिक सेवा प्रवाह गर्दा जनअधिकार, जनचाहना र जनताको सन्तुष्टिलाई केन्द्रविन्दुमा राखेर सेवा प्रवाह गर्न पनि मन्त्री श्रेष्ठले नवनियुक्त शाखा अधिकृतहरुलाई निर्देशन दिइन् ।  

मन्त्री श्रेष्ठले सेवाप्रवाह गर्दा कसैको पनि दबाब र प्रभावबाट मुक्त भई मितव्ययी, प्रभावकारी र जवाफदेही भएर कार्य गर्न समेत आग्रह गरिन् ।   

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमार्फत सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र नयाँ बानेश्वरमा नवनियुक्त शाखा अधिकृतहरुलाई भूमि प्रशासन तथा व्यवस्थापन विषयमा ७ दिने तालिम दिइएको हो । 





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार २१:३८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया