नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचनको विषयमा तालमेल गर्ने विषयमा नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठकको निर्णय आएपछि सहज भएको बताएका छन् ।
उनले अब महानगर र उपमहानगरको तालमेलको विषयमा केन्द्रबाट नै निर्णय गरेर अगाडि बढ्ने पनि बताएका छन् ।
चुनावी अभियानका क्रममा बारम्बार चितवन पुगेका प्रचण्डले आज चितवनमा यस्तो बताएका हुन् ।
उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘तालमेल हुन्छ, हामी केन्द्रबाट नै महानगर र उपमहानगरबारे तालमेल गर्ने पक्षमा छौं । यसबारे गठबन्धनको बैठक बस्दै छ ।’
पछिल्लो समय भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका नेताहरूले आफूहरूले यसपटक मेयरको दाबेदारी नछोड्ने बताउँदै आएका छन् ।
उनीहरूले गठबन्धन वा तालमेल भएको खण्डमा पनि चितवनको भरतपुर महानगरपालिकामा आफ्नो दाबी बताउँदै आएका छन् ।
अर्कोतिर, प्रचण्डले आज त्यहाँ सन्चारकर्मीहरूलाई भनेका छन्, ‘भरतपुरमा हाम्रो दाबी छ, हामी भरतपुर छोड्दैनौं ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।