आइसिसी वरीयता : कुशलको दुई स्थान सुधार हुँदा सन्दीपको एक स्थान खस्कियो

नेपाली क्रिकेट टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले आइसिसी टी-२० ब्याटिङ वरीयतामा दुई स्थान सुधार गरेका छन् ।

आइसिसीले बुधबार सार्वजनिक गरेको वरीयतामा कुशल २९ औं स्थानमा उक्लिएका हुन् । कुशल पछिल्लो हप्ता वरीयताको ३१औं स्थानमा थिए । 

यस्तै, वरीयताको शीर्ष १०० भित्र रहेका अर्का ब्याटर दीपेन्द्रसिंह ऐरी भने पुरानै वरीयतामा यथावत् छन् । दीपेन्द्र वरीयताको ५१औं स्थानमा छन् ।

वरीयताको शीर्ष स्थानमा भने पाकिस्तानका कप्तान बाबर आजम र दोस्रो स्थानमा पाकिस्तान कै अर्का ब्याटर मोहम्मद रिजवान यथावत् छन् । 

यस्तै, तेस्रो स्थानमा दक्षिण अफ्रिकाका आइदेन मार्करम, चौथोमा इङ्ल्यान्डका डेविड मलान र पाँचौँ स्थानमा न्युजिल्यान्डका डेविड कोनवे छन् ।

यस्तै, टी-२० को बलिङ वरीयतामा भने नेपाली टोलीका कप्तान सन्दीप लामिछाने एक स्थान खस्किएका छन् । 



नयाँ वरीयतामा सन्दीप ३७ औं स्थानमा छन् । टी-२० वरीयतामा अटाएका नेपालका अर्का बलर अविनाश बोहरा ८१ औं स्थानमा छन् ।



  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १७:२१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया