शेखर दालाई कांग्रेस सभापतिमा समर्थन नगर्नु मेरो सिद्धान्त हो : सुजाता
'स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन आवश्यक'

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा आफ्नै दाजु शेखर कोइरालालाई समर्थन नगरेर सभापति शेरबहादुर देउवालाई समर्थन गर्नु आफ्नो सिद्धान्त भएको बताएकी छिन् । 

‘मैले शेखर दालाई समर्थन गरेको भए पनि उहाँले जित्ने स्थिति थिएन,’ कोइरालाले बुधबार विराटनगरस्थित आफ्नो निवासमा सञ्चारकर्मीसँग भनिन्, ‘म शेखर दालाई नेता मान्छु । तर, मैले महाधिवेशनमा उनलाई समर्थन गर्नुपर्ने औचित्य ठानिनँ । यसबारे म थप केही बोल्दिनँ र बोल्न जरुरी पनि ठान्दिनँ ।’

पूर्वउपप्रधानमनत्री कोइरालाले आगामी स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन आवश्यक रहेको बताइन् । केपी ओली नेतृत्वको सरकार हटाउन गठबन्धन नै आवश्यक परेकाले अझै पनि मुलुक र प्रजातन्त्रका लागि गठबन्धन अपरिहार्य भएको उनले बताइन् । 

आगामी संघीय निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट उम्मेदवारी दिने पनि कोइरालाले घोषणा गरिन् । अघिल्लो निर्वाचनमा आफू अस्वस्थ भएकाले उम्मेदवार बन्न नसकेको, तर अब उममेदवार बन्ने उनले बताइन् । 

सो क्षेत्रबाट गिरिजाप्रसाद कोइरालाले तीनपटक संसदीय निर्वाचन जितेका थिए । पछिल्लोपटक सो क्षेत्रबाट निर्वाचन जितेरमीनेन्द्र रिजाल संघीय सांसद बनेका छन् । सुजाताले सो क्षेत्र आफ्नो भएकाले आगामी निर्वाचनमा कांग्रेसको उम्मेदवार आफैँ हुने दाबी गरिन् । 





  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १८:३२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया