सत्ता गठबन्धनकाे बैठक बस्दै, चुनावी तालमेलकाे बारेमा छलफल हुने

सत्तासीन नेपाली कांग्रेसले आसन्न स्थानीय तहकाे निर्वाचनमा आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेसँगै आज सत्ता गठबन्धनकाे बैठक बस्दैछ ।

गठबन्धनका दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी यसअघि नै स्थानीय तहकाे चुनावमा पनि गठबन्धन गर्नुपर्ने पक्षमा रहेका बेला कांग्रेसले पनि साेही अनुरूपकाे निर्णय गरेपछि अब तालमेलकाे माेडालिटी लगाइन लागिएकाे हाे ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बस्न लागेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

३० वैशाखमा स्थानीय तहकाे निर्वाचन तय भएकाे छ ।  

कांग्रेस नेता  प्रकाशमान सिंहले बुधबार काठमाडाैंमा आयाेजित कार्यक्रममा तालमेलका लागि माेडालिटी तय हुने बताएका थिए । 

तालमेल गर्न नहुने बताइरहेका कांग्रेस नेताहरूप्रति इंगित गर्दै उनले विशेष परिस्थितिमा गठबन्धन बनेकाले निरन्तरता हुने बताएका थिए ।



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनको बैठकले चुनावी तालमेल गर्ने निर्णय गर्ने बताएका थिए ।
 

 



  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार ७:२३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया