\
फ्रान्सेली क्षेत्र न्यु क्यालेडोनियाको पूर्वमा बिहीबार ७ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि केही प्रशान्त टापुहरूमा सुनामी चेतावनी दिइए पनि पछि त्यो प्रभावकारी नभएको बताइएको छ ।
उक्त भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाले भानुआटु, फिजी र न्यू क्यालेडोनियाको तटमा ज्वारभाटाको स्तरभन्दा ० दशमलब ३ मिटरभन्दा कम छालहरू आउन सक्ने चेतावनी जारी गरेको थियो ।
तर, केही समयपछि सेवाले सो जोखिम टरेको जनाएको थियो । भूकम्पबाट न्यु क्यालेडोनियामा कुनै क्षति नभएको एएफपीले जनाएको छ ।
‘भूकम्पको स्थान, गहिराइ र म्याग्निच्युडलाई मनन गर्दा न्यु क्यालेडोनियामा सुनामीको कुनै जोखिम छैन’, अधिकारीहरूलाई उदृत गर्दै सो समाचार संस्थाले जनाएको छ ।
भूकम्पसम्बन्धी थप विवरण संकलन भइरहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।