४९५१ नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण, शून्य मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना संक्रमण देखिएको छ । यो अवधिमा ४ हजार ९५१ जनाको एन्टिजेन तथा पिसिआर विधिबाट परीक्षण भएको छ ।

आज ८९ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्‍या ९ लाख ६५ हजार ३९४ रहेको छ ।

आज संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । अहिलेसम्म ११ हजार ९५१ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयको तथ्यांक छ ।

देशभर १ हजार ८१ जना सक्रिय संक्रमित रहेका छन् । आज ६० हजार २६०९ जनालाई कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार १७:२८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया