राप्रपा नेपाल मकवानपुरको अध्यक्षमा गुरुप्रसाद सापकोटा

कमल थापा नेतृत्वको राप्रपा नेपालको मकवानपुर अध्यक्षमा गुरुप्रसाद सापकोटा चयन भएका छन् ।

बिहीबार हेटौंडामा भएको राप्रपा नेपाल, मकवानपुरको घोषणासभामा बोल्दै वर्तमान अध्यक्ष अर्जुन ढुंगानाले जिल्लामा राप्रपालाई अघि बढाउन सापकोटाको नेतृत्व आवश्यक रहेको बताउँदै अध्यक्षमा सापकोटाको नाम घोषणा गरेका हुन् ।

सभामै राप्रपा नेपालका केन्द्रीय अध्यक्ष थापाले सर्वसम्मत चयन भएका सापकोटालाई पार्टीको माइन्युट र झण्डा हस्तान्तरण गरेका थिए ।

यसअघि, सापकोटा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरका जिल्ला अध्यक्ष रहेका थिए । उनले केही दिनअघि मात्रै राप्रपाभित्र सैद्धान्तिक विचलन देखिएको भन्दै साधारण सदस्य समेत नरहने गरी राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।





  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार २१:११:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया