सर्वोच्च अदालतमा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरिएको छ ।
वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा नभई गैरकानुनीरूपमा बढुवा गरेको उल्लेख गर्दै आज डिआइजी ईश्वरबाबु कार्कीले रिट निवेदन दायर गरेका हुन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयविरुद्ध तीन रिट निवेदन सर्वोच्च अदालतमा पुगेको छ । त्यसमध्ये एउटा दर्ता भएको छ भने दुइटा दर्ता हुने प्रक्रियामा रहेको छ । डिआइजी घनश्याम अर्याल र प्रकाशजङ्ग कार्कीको पनि रिट निवेदन अलि ढिला आएको हुनाले दर्ता हुने प्रक्रियामा रहेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार डिआइजी कार्कीको रिट दर्ता भएको छ । आइतबारका लागि पेसी तोकिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।