एसएस राजामौली निर्देशनमा बनेको भारतको सबैभन्दा महँगो 'आरआरआर'ले विश्वव्यापी बक्स अफिसमा उल्लेख्य व्यापार गरेको छ । फिल्मको कमाइले विशेषगरी तेलुगु राज्य र अमेरिकामा धेरै रेकर्ड तोडेको छ ।
फिल्मले हिन्दी बजारमा राम्रो सुरुवात गरे पनि निरन्तरता भने दिन सकेन । सप्ताहन्तमा राम्रो व्यापार गरे पनि सोमबार व्यापारमा गिरावट आएको छ । फिल्मले हिन्दी भर्जनमा मात्रै १३१ करोडको आँकडा पार गरिसकेको छ ।
आरआरआर लागतको हिसाबले ठूलो फिल्म हो । यसबाहेक कोरोना महामारीका कारण यो फिल्मको रिलिज डेट पटक-पटक स्थगित गरिएको थियो । आरआरआर हिन्दी भर्जनको बारेअनुसारको कमाइ :
शुक्रबार: १९ करोड
शनिबार: २४ करोड
आइतबार: ३१.१ करोड
सोमबार: १७ करोड
मंगलबार: १५ करोड
बुधबार: १३ करोड
बिहीबार: १२ करोड (प्रारम्भिक अनुमान)
नेट सङ्कलन: १३१.५ करोड
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।