काे हुन् एसियाका सबैभन्दा धनी व्यक्ति ?

एजेन्सी- एसिया महादेशकाे तुलनामा अमेरिका तथा युराेपलाई सधैं माथि राखिन्छ । यस्ताे किनभने अमेरिका तथा युराेपमा धेरै सम्पत्ति हुने व्यक्तिहरू छन् भनिन्छ ।

भनिन्छ एसियामा धनी व्यक्तिहरुकाे संख्या अत्यन्त कम छ । तर, पछिल्लाे महिना एउटा फिल्म अाएकाे छ- क्रेजी रिच एसियन्स । याे फिल्मले याे धारणालाई निकै धेरै परिवर्तन गर्न सक्छ । याे फिल्ममा पछिल्लाे समय एशियामा कसरी धनी व्यक्तिहरु बढिरहेका छन् भन्ने देखाइएकाे छ । सिङ्गापुरमा अाधारित याे फिल्ममा सानदार सपिङ मलहरु देखाइएकाे छ जहाँ दुनियाँभरका महँगा ब्रान्डेड सामान राखिएकाे छ ।

तर, याे सत्यता कुनै फिल्मकाे पर्दामा मात्र सिमित हुने कुरा हाेइन । च्यारिटी संस्था अक्सफेमका अनुसार एशिया-प्रशान्त क्षेत्रमा धनी व्यक्तिहरुकाे संख्या उत्तर अमेरिका तथा युराेपमा भन्दा धेरै छ । यहाँ विश्वका कराेडपति तथा अर्बपति व्यक्तिहरु बस्ने उक्त संस्थाले जनाएकाे छ । तर, याे सुन्दर वास्तविकतासँगै अर्काे एउटा प्रसङ्ग पनि छ । यहाँ जसरी धनी व्यक्तिहरुकाे संख्या बढिरहेकाे छ, त्यही रफ्तारमा धनी-गरिबबीचकाे खाडल पनि बढ्दाे छ । त्यसैले पनि भनिन्छ- एसिया विश्वका दुई तिहाई गरिबहरुकाे घर हाे ।

त्यही संस्थाकाे असमानता अभियानका प्रमुख मुस्तफा तालपुरले भनेका छन्- याे पूरै क्षेत्रमा धेरै देशमा पैसाका कारण गरिबी बढिरहेकाे छ र याेबीचकाे खाडल निकै खतरानक अवस्थामा पुगिसकेकाे छ । अर्काेतिर फाेर्ब्स म्यागजिनका अनुसार अत्यन्त धनी व्यक्तिहरुकाे सुचीमा अहिले पनि अमेरिका निकै माथि छ । त्यहाँ लगभग ५८५ कराेडपति बस्ने म्यागजिनले जनाएकाे छ ।

यता एशियामा सबैभन्दा बढी धनी चीनमा छन् । फाेर्ब्सका अनुसार चीनमा ३७३ कराेडपति बस्छन् । त्यसाे त एसियाका सबै कराेडपतिहरुकाे संख्या जाेड्ने हाे भने याे ६०० सम्म पुग्छ जुन अमेरिकाकाे भन्दा पनि धेरै हाे । यस्ताे किन पनि भने सन् २००८ देखि २०१२ सम्म चीनकाे अार्थिक वृद्धि लगभग ८ देखि ११ प्रतिशतसम्म रह्याे । जबकि यही समयमा अमेरिका र युराेप आर्थिक सङ्कटसँग लडिरहेका थिए ।  

काे हुन् त एसियाका सबैभन्दा धनी व्यक्ति ?



मा हुआतेङ जसलाई पाेनी माकाे नामले पनि चिनिन्छ, उनी नै अहिले एसियाका सबैभन्दा धनी व्यक्ति हुन् । फाेर्ब्स म्यागजिनले सन् २०१८ मा जारी गरेकाे सुची अनुसार पाेनी मा विश्वका धनीहरुकाे सुचीमा १७ नम्बरमा छन् । पाेनी मा चीनकाे ठूलाे प्रविधि कम्पनी टेसेन्ट हाेल्डिङ्ग्सका मुख्य कार्यकारी अधिकृत हुन् । उनकाे याे कम्पनीसँग वी च्याटजस्ताे महत्वपूर्ण मेसेजिङ एपकाे स्वामित्व छ ।

पाेनी मासँग ४ हजार ५३० कराेड डलरकाे सम्पति भएकाे फाेर्ब्सले जनाएकाे छ । फाेर्ब्सकाे सूचीमा सामेल टप २० खर्बपतिकाे सूचीमा अलिबाबा कम्पनीका प्रमुख ज्याकी मा पनि पर्छन् । उनकाे कूल सम्पति ३ हजार ९ सय कराेड डलर छ । विश्वका टप ३० मा पर्ने अर्का धनी व्यक्ति हुन् हङकङका ली का-शिङ्ग र चीनका वाङ्ग जिआनलिन ।



एसियामा असमानता

एकातिर एसियामा धनी व्यक्तिहरुकाे संख्या बढिरहेकाे छ भने अर्काेतिर असमानताकाे स्तर पनि लगातार बढ्दाे छ । अक्सफेमकाे विश्लेषणअनुसार गत वर्ष चीनमा अार्जन भएकाे ७९ प्रतिशत सम्पत्ति एक प्रतिशत जनताकाे मात्र थियाे । भारतमा पनि ७३ प्रतिशत सम्पतिकाे अधिकार एक प्रतिशत भारतीयमा मात्र भएकाे मानिन्छ । एसियामा सबैभन्दा बढी असामनता थाइल्यान्डमा छ । थाइल्यान्डमा देशकाे ९६ प्रतिशत सम्पतिकाे अधिकार एक प्रतिशत थाइमा भएकाे विभिन्न तथ्याङ्कले देखाएका छन् ।

  • प्रकाशित मिति : माघ ७, २०७५ साेमबार २१:१५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया