ओस्कार समितिबाट विल स्मिथले दिए राजीनामा

अभिनेता विल स्मिथले ओस्कार समितिबाट राजीनामा दिएका छन् । ओस्कार समारोहमा क्रिस रकलाई थप्पड हानेपछि विवादमा मुछिएका उनले राजीनामा दिएका हुन् । 

स्मिथले भने, ‘मैले जे गरेँ, त्यो भयानक, दुःखद र अक्षम्य थियो ।’ ओस्कार समारोहको लाइभ प्रसारणको दौरान स्मिथले रकलाई थप्पड हानेका थिए ।

कार्यक्रमको मञ्चबाट रकले अभिनेता स्मिथकी श्रीमती जाडा पिङ्केट स्मिथको मुडुलो टाउकोमाथि ठट्टा गरेका थिए । स्मिथमाथि ठट्टा गरेपछि उनले आफू बसिरहेको स्थानबाट उठेर गइ रकलाई थप्पड हानेका थिए ।

त्यसपछि आफ्नो स्थानमा फर्केका उनले चिच्याउँदै ‘मेरी श्रीमतीको नाम तिम्रो मुखले नलिनू’ भनेका थिए । पिङ्केट स्मिथमा कपाल झर्ने एलोपेसिया भन्ने रोग देखिएपछि उनले कपाल मुडुलो बनाएको प्रति रकले ठट्टा गरेका थिए । त्यसपछि उनले उत्कृष्ट वृत्तचित्र, बेस्ट डकुमेन्ट्री पुरस्कार हस्तान्तरण गरेका थिए । 





  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार १७:१८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया