बेन्जिमा चम्किदा रियल मड्रिडको राेमाञ्चक जित

स्पेनिस लिगामा गएराति सम्पन्न खेलमा लिग लिडर रियल मड्रिड विजयी भएकाे छ । रियल घरेलु टाेली सेल्टा भिगाेमाथि २-१ ले विजयी भएको हो । ​

एवान्का वालाइडोस भिगोमा भएको खेलमा रियललाई जित दिलाउन दुवै गोल करिम बेन्जिमाले गरे । घरेलु टोली सेल्टाका नोलिटोले एक गोल फर्काए । 

खेलको १९ औं मिनेटमा बेन्जिमाको पेनालटी गोलबाट रियल सुरुवाती अग्रता लिन सफल भयो । नोलिटोले इडर मिलिसाओमाथि फउल गरेपछि रेफ्रीले रियललाई पेनाल्टी प्रदान गरेको थिए जसमा बेन्जिमा चुकेनन् ।

३९ औं मिनेटमा थियागो गलहार्डाेले गोल गरेपनि भिएआरबाट त्यसले मान्यता नपाउँदा घरेलु टोली सेल्टा बराबरी गर्न चुक्यो । उक्त गोलको मुभमा इगो आसपास अफसाइड देखिएका थिए । 

५२ औं मिनेटमा नोलिटोले खेललाई १-१ को बराबरीमा ल्याए । उनले जाभी गलानको पासलाई सदुपयोग गरेका थिए । ६४ औं मिनेटमा बेन्जेमा पेनाल्टीमा चुक्दा रियलले पनि खेलमा अग्रता लिने अवसर गुमायाे ।

रोड्रिगोमाथि मुरिल्लोले फउल गरेपछि रेफ्रीले रियललाई पेनाल्टी प्रदान गरेका थिए । बेन्जिमाको प्रहारलाई डिटुरोले बचाए । ७० औं मिनेटमा बेन्जिमाले पेनाल्टीमै गोल गर्दै रियललाई २-१ काे राेमाञ्चक जित दिलाए । 



पेनाल्टी बक्समा केभिन भाज्क्वेजले फर्लान मेन्डीलाई फउल गरेपछि रेफ्रीले रियललाई एकै खेलमा तेस्रो पेनाल्टी प्रदान गरे । यसपटक भने बेन्जिमा चुकेनन् ।

याे जितसँगै शीर्ष स्थानकाे रियलले ३० खेलमा ६९ अंक जाेड्दा पराजित सेल्टा भिगाे समान खेलबाट ३६ अंकका साथ ११ औं स्थानमा छ । 



  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार ७:४४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया