स्वारेज र फेलिक्स चम्कदा एट्लेटिकोको सहज जित

स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ । घरेलु टोली एट्लेटिकोले एलाभेसमाथि ४–१ को सहज जित हात पारेको हो ।

वान्डा मेट्रोपोलिटानो स्टेडियममा एट्लेटिकोलाई जित दिलाउन लुइस स्वारेज र जाओ फेलिक्सले दुई/दुई गोल गर्दा एलाभेसका लागि गोञ्जालो इसेलान्तेले एक गोल फर्काए ।

खेलको ११ औं मिनेटमा फेलिक्सको गोलमार्फत एट्लेटिको सुरुवाती अग्रता  लिएको थियो । ६३ औं मिनेटमा इसेलान्तेले एलाभेसलाई १–१ को बराबरीमा ल्याए ।

७५ औं  मिनेटमा स्वारेजले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलाई २–१ ले अघि बढाए । ८३ औं मिनेटमा फेलिक्स र ९० औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो  गोल गर्दै एट्लेटिकोलाई ४–१ को सहज जित दिलाए ।

जितसँगै तेस्रो स्थानको एट्लेटिको ३० खेलमा ५७ अंक जोड्दा पराजित एलाभेस समान खेलबाट २२ अंकका साथ पुछारमा छ  





  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार ८:३७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया