गुडिरहेकाे ट्याक्टरबाट खसेर एक युवतीको मृत्यु

तनहुँको भानु नगरपालिका-९ डुम्रेमा शनिबार बेलुकी गुडिरहेको ट्याक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय २३ वर्षीया एलिना श्रेष्ठ रहेकी छन् । 

घाइते उनको उपचारको क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा गएराति साढे ९ बजे मृत्यु भएको हो । 

गएराति ९ बजे दाउरा लोड गर्न जाँदै गरेको ग १ त ५४४५ नम्बरको ट्याक्टरबाट श्रेष्ठ खसेकी थिइन् । 

दुर्घटनामा संलग्न ट्याक्टरसहित चालक इलाका प्रहरी कार्यालय, भानु तनहुँको नियन्त्रणमा रहेका छन् ।
 





  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार ११:२२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया