मलाइका अरोरा सवार कार दुर्घटना

बलिउड अभिनेत्री मलाइका अरोरा सवार कार दुर्घटना भएको छ । दुर्घटनापछि उनी मुम्बईको अपोलो अस्पतालमा भर्ना भएकी छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा उनी सामान्य घाइते भएकी छन् । मलाइका सवार रेञ्ज रोभर मुम्बई–पुणे एक्सप्रेस वे नजिकै दुर्घटनामा परेको सञ्चारमाध्यमले जनाएका छन् ।  
 
दुर्घटनाको प्रारम्भिक कारण अत्याधिक ट्राफिक हुनु रहेको टाइम्स अफ इन्डियाले जनाएको छ । महाराष्ट्र नवनिर्माण सेनाको कार्यकर्ताको सम्मेलनका कारण सडकमा अत्यधिक मात्रामा सवारी जाम थियो । र, सोही बेला अचानक तीन गाडी एक-आपसमा ठोकिएका थिए ।   





  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार १२:२२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया