जनकपुरधाममा चैत २३ गतेदेखि ‘जनकपुर साहित्य-कला महोत्सव’ हुँदै

जनकपुरधाममा तीन दिवसीय ‘जनकपुर साहित्य-कला महोत्सव’को आयोजना हुन लागेको छ । 

मैथिली विकास कोषको आयोजनामा यही चैत २३ देखि २५ गतेसम्म महोत्सवको आयोजना हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए । 

आइतबार आयाेजकले पत्रकार सम्मेलनको आयोजना गरी  महोत्सवमा नेपाल तथा भारतका विद्वान र कलाकार सहभागी हुने  जनाएको छ । 

कोषका अध्यक्ष जीवनाथ चौधरीले महोत्सवमा १० वटा विभिन्न विषयहरुमा संवाद गर्नुका साथै चित्रकला, पुस्तक प्रदर्शनी, ज्ञानसीपको प्रदर्शनका साथै संगित क्षेत्रका विशिष्ट व्यक्तिको सहभागिता रहने जानकारी दिए ।

महोत्सवमा भारतका ३ वटा नाट्य समूह तथा २ वटा नेपालको नाट्य समूहका कलाकारले मैथिली, नेपाली तथा हिन्दी भाषामा नाटक मञ्चन गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष चौधरीले बताए ।

महोत्सवको मुख्य आकर्षणमा सांस्कृतिक झाँकीसहितको शोभा यात्रा, रंगारंग कार्यक्रम, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाट्य प्रदर्शन, गरमागरम संवाद, सांस्कृतिक कार्यक्रम, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी तथा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने कार्यक्रम रहेको उनले जानकारी दिए । 



महोत्सवमा सम्भावित सहभागी नाटक ५ वटा समावेश गरिनेछ । त्यस्तै, सांस्कृतिक कार्यक्रमका साथै विभिन्न विमर्शमा १० वटा सत्र हुने र त्यसमा १२० जना सहभागी रहने चाैधरीले बताए ।

नेपाल तथा भारतका विभिन्न विषय विज्ञलाई आमन्त्रण गरी जनसरोकारका विषयसहित राज्यको नीतिगत तहमा सुझाव समेत विद्वानबाट प्राप्त हुनेगरी विषय निर्धारण गर्ने गरिएको जनाइएको छ। 



साहित्य कलाका साथै अर्थ, कृषि, पर्यटन, वातावरणका साथै युवा, महिला र आम सञ्चारका क्षेत्रमा पनि उक्त महोत्सवमा गहन विमर्श हुने गरेको बताउँदै चौधरीले मैथिली विकास कोष मैथिली भाषाको समृद्धि र विकासको क्षेत्रमा निरन्तर कार्य गर्ने संस्था रहेको स्पष्ट पारे । 

महोत्सवमा नाटक प्रदर्शन, संगीत तथा नृत्य प्रदर्शन, मैथिली चित्रकला तथा हस्तकलाको प्रदर्शनी, पुस्तक प्रदर्शनी र एक दर्जन भन्दा बढी विभिन्न विषयहरूमा विमर्स गर्ने गरिएको उनले जानकारी दिए ।

यसअघि कोषले २०७३ सालमा पहिलो र २०७५ सालमा दोस्राे जनकपुरधाम साहित्य कला महोत्सव सफलतापूर्वक सम्पन्न गरेको थियो ।

  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार १४:१६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया