बार्सिलोनाको जितमा पेड्रीको निर्णायक गोल

युवा खेलाडी पेड्रीको निर्णायक गोलमा सेभियालाई १–० अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति घरेलु मैदान नोउ क्याम्पमा १९ वर्षीय पेड्रीको गोलसंगै क्याटलान क्लब बार्सिलोनाले दोस्रो स्थानको सेभिया र एट्लेटिको मड्रिडलाई पछि पार्‍यो । 

पेड्रीले खेलको ७२ औं मिनेटमा औसमाने डेम्बेलेको पास सदुपयोग गरे । जितसँगै २९ खेलबाट ५७ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । 

सेभिया समान अंक भए पनि चौथो स्थानमा छ । 






  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार ७:०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया