पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने सरकारको तयारी, प्रदेश २ अलमलमा

धनुषा– श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेशमातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । मन्त्रालयले एकपटक विदेशबाट आएकाको हकमा सातवटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनःश्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णयबमोजिम पुस १५ देखि सेवा सुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी देखिएको छैन । 

मन्त्रालयले श्रम स्वीकृतिका लागि तय गरेको दरबन्दीबमोजिमका कर्मचारीसमेत कार्यालयमा आइपुगेका छैनन् । सेवा सुरु गर्न उपसचिवसहित कम्तीमा १४ कर्मचारी आवश्यक छ । श्रम कार्यालय जनकपुरमा एक जना कार्यालय सहयोगीसहित जम्मा तीन कर्मचारी कार्यरत छन् । 

श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले समयमै सेवा सुरु गर्न आन्तरिक तयारी भइरहेको बताए । उनले जनशक्ति, प्रशिक्षण र प्रविधि जडानको गृहकार्य भइरहेको जानकारी दिए । उनले भने, ‘पुस १५ देखि सेवा सुरु गर्न सकिने अवस्था हेरेर नै समयसीमा तोकिएको हो र सोहीबमोजिम तयारी भइरहेको छ ।’ 

श्रम कार्यालय जनकपुरका प्रमुख मनोजकुमार यादवले श्रम स्वीकृतिको काम प्रविधिमार्फत हुने हुनाले प्रविधि जडानसँगै काम सुरु गर्न समय नलाग्ने बताए । उनले तोकिएको समयबाट नै सेवा सुरु हुने बताए । नायब सुब्बा रमेशकुमार दासले दुईजना शाखा अधिकृत आउने तरखरमा रहेको जानकारी दिए । 





  • प्रकाशित मिति : पुस ९, २०७५ साेमबार १५:३२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया