थप ३३ जना काेराेना संक्रमित थपिँदा ८९ जना निकाे

पछिल्लो २४ घण्टामा देशभर थप ३३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९ जनाकाे नमुना परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएकाे हाे ।

२ हजार ९४२ जनाको पिसिआर परीक्षण र २ हजार ११७ जनाको एन्टिजेन परीक्षण गरिएकाे थियाे । 

पछिल्लाे २४ घन्टामा काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन । हालसम्म नेपालमा काेराेना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

यही अवधिमा ८९ जना निकाे भएका छन् भने हाल देशभर ८४२ जना सक्रिय संक्रमित रहेका छन् ।
 





  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार १६:२०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया