‘मैले आइ लभ यु भन्नै सकिनँ’ को गीत र ट्रेलर सार्वजनिक

प्रेमकथानक फिल्म ‘मैले आइ लभ यु भन्नै सकिनँ’ आगामी शुक्रबार अर्थात् २५ चैत्रमा देशव्यापी प्रदर्शन हुने भएको छ । बाबु जिम्बा र शंकर कार्कीको संयुक्त निर्देशनमा बनेको फिल्मको सोमबार चलचित्र बिकास बोर्डमा प्रेसमिट गरी ट्रेलरका साथै ‘मुस्ताङको बजार’ बोलको गीत प्रदर्शन गरियो ।

राजेश पायल राई र मेलिना राईको स्वर, दीपक रमणको शब्द, संगीत रहेको गीतमा बुद्धि तामाङ, अञ्जली अधिकारी, राजाराम पौडेल, स्व.जयनन्द लामा, सुजन नेपाली, कविता पुरीलगायत कलाकारलाई फिचर गरिएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीत खर्चिलो सेटमा खिचिएको छ । 

‘मैले आइ लभ यु भन्नै सकिनँ’ केही समयअघि निर्माण सम्पन्न भए तापनि बल्ल दर्शकमाझ ल्याउन लागिएको जानकारी दिँदै निर्देशक बाबुले आफूहरुले युवापुस्ताको भावना बुझेर फिल्म निर्माण गरेको बताए । कार्यक्रममा ‘मैले आइ लभ यु भन्नै सकिनँ’लाई गायिका तथा अभिनेत्री डोमा ह्याल्मो, द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, अभिनेता–खेलाडी ज्ञानबहादुर जिम्बा तामाङ, फिल्म निर्देशक निमा लामा तामाङलगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए । 

शंकर कार्कीको कथा र कार्यकारी निर्माण रहेको फिल्मको निर्मातामा प्रेम श्रेष्ठ, सहनिर्मातामा भक्तबहादुर नेपाली र मेशरबहादुर नेपाली छन् । तारा शंकर फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा अनिषा सुनार, सुनील भुसाल, सुरज कार्की, लक्ष्मी भट्ट, दावा लामा, निरुता तामाङ, शीतल खड्का, श्रुति मगर, सरस्वती तामाङ, इच्छा तामाङ, अर्जिता थापालगायत कलाकारले अभिनय गरेका छन् । 

वीर मास्टरको द्वन्द्व निर्देशन रहेको फिल्म आशिष जिम्बा र सुशील डाँगीले खिचेका हुन् । तारा थापा ‘किम्भे’ले सम्पादन गरेको फिल्मको मुख्य सहायक निर्देशक भोला (प्रनप) सुवेदी छन् । सिंगल रिलिज भएकाले पनि आफ्नो फिल्मले दर्शकको अधिक साथ पाउने विश्वास निर्माण पक्षको छ । 





  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार २०:४४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया