भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफलाई सात वर्ष जेल !

एजेन्सी– पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सात वर्षका लागि जेल सजाय सुनाएको छ । 

शरिफविरुद्ध अल अजिजिया स्टिल मिल्स मुद्दामा भ्रष्टाचार गरेको आरोप लागेको थियो । 

यसअघि अर्को एक अदालतले शरिफलाई फ्ल्यागसिप लगानीको विषयमा सफाइ दिएको थियो ।

आइतबारमात्र शरिफ लाहोरबाट इस्लामावाद आएका थिए । तर, उनलाई फैसला सुनाउनुअघि अदालतमा जान दिइएको थिएन । पाकिस्तानी राष्ट्रिय काउन्टिबिलिटी अदालतमा शरिफका लागि यो फैसला सुनाउँदा अदालत खचाखच भरिएको थियो । 

अदालतले शरिफले आयभन्दा बढी विदेशमा लगानी गरेको भन्दै दोषी ठहर गरेको हो । 

योभन्दा पहिले पूर्व सत्तारुढ पार्टी पाकिस्तान मुस्लिम लिगले शरिफलाई दोषी ठहर गरेर जेल पठाएमा आन्दोलन गर्ने र संसद पनि चल्न नदिने चेतावनी दिएको थियो ।



 

के हो मुद्दा ?



पाकिस्तानी प्रधानमन्त्रीबाट अदालतले अपदस्थ गर्नुपूर्व नै नवाज शरिफको परिवारलाई अनेक समस्या आउन थालेका छन् । कहिले मुद्रा अपचलन त कहिले भ्रष्टाचार, कहिले विदेशमा सम्पत्ति लुकाएको आरोप उनीहरुमाथि लाग्न थालेको छ ।

२०१७ सेप्टेम्वर देखि अहिलेसम्म शरिफ अदालतमा १६५ पटक उपस्थित भइसकेका छन् । २८ जुलाई २०१७ मा पाकिस्तानको सर्वोच्च अदालतले नवाजलाई प्रधानमन्त्री पदका लागि अयोग्य ठहर गरेको थियो । 

यससँगै सर्वोच्चले यो विषयमा तीन जानकारी फाइल गर्ने निर्देशन दिएको थियो । शरिफको परिवारसँग जोडिएको सम्पत्ती, अल अजिजिया र फ्ल्यगसिप इन्भेसमेन्टसँग जोडिएको सबै दस्तावेज जम्मा गर्ने निर्देशन दिएको थियो । 

सेप्टेम्बर २०१७ मा राष्ट्रिय अकाउन्टिबिलिटी ब्यूरो (एनएबी) ले नवाज परिवारविरुद्ध तीन मुद्दामा सुम्पिएको थियो । यसै वर्ष जुलाइमा एनएबी न्यायाधीश मोहम्मद बसीरले नवाज शरीफ, छोरी मरियम र ज्वाइँ मोहम्मद सफदरलाई सजाय सुनाएको थियो । अदालतले नवाज शरिफलाई दश वर्ष, मरियम नवाजलाई सात वर्ष सजाय सुनाएको थियो । अदालतले मरियम नवाजविरुद्ध बीस लाख पाउण्ड जरिवाना पनि सुनाएको थियो ।

१९ सेप्टेम्बरमा इस्लामावाद उच्च अदालतले तीन सजायलाई निलम्वन गरेर शरिफ निर्दोष रहेको फैसला गरेको थियो । एनएबीले यस फैसलाविरुद्ध सर्वोच्चमा अपील गरेको थियो । त्यही अपिलको सुनुवाइ र फैसला आज भएको हो । 

  • प्रकाशित मिति : पुस ९, २०७५ साेमबार १६:४४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया