चलचित्र के घर के डेराको निर्देशक फेरिए, अब दिपेन्द्रले निर्देशन गर्ने

दुई वर्ष अगाडि निर्माण घोषणा भएको चलचित्र ‘के घर के डेरा’को निर्देशक फेरबदल भएको छ । 

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्रमा निर्देशकको रुपमा दिपेन्द्र के खनालले काम गर्ने जानकारी दिइयो । यसअघि चलचित्रको निर्देशकमा सुव्रतराज आचार्य थिए । 

उनले विभिन्न कारण देखाई निर्देशक भएर काम गर्न नसक्ने भने पछि निर्देशकको जिम्मा खनाललाई दिएको निर्माण पक्षले बताएको छ । चलचित्रलाई खनालले निर्देशन गर्ने भए पछि चलचित्रको कथा पटकथा दुबैमा परिवर्तन हुने भएको छ । 

काठमाडौंमा मात्र छायांकन हुने चलचित्रले काठमाडौंमा घर हुने र नहुनेको कथालाई देखाउनेछ । कार्यक्रममा निर्देशक खनालले चलचित्रलाई राम्रो बनाउन आफूले सकेको प्रयास गर्ने बताए ।

ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्मातामा युवराज कार्की छन् । 

३५ वर्ष अगाडि प्रदीप रिमाल निर्देशित चलचित्र ‘के घर के डेरा’को नाम सापटी लिएर चलचित्र बन्न लागेको हो । चलचित्रमा मुख्य कलाकारहरु भने यथावत छन् । ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहनेछ ।





  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार २०:१२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया