नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ २८ पैसा र बिक्रीदर १२० रुपैयाँ ८८ पैसा कायम गरेको छ ।
युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ चार पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १५८ रुपैयाँ तीन पैसा र बिक्रीदर १५८ रुपैयाँ ८२ पैसा छ ।
स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ९८ पैसा मात्र र बिक्रीदर १३० रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९२ रुपैयाँ २८ पैसा छ । क्यानडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रीदर ९७ रुपैयाँ तीन पैसा छ ।
जापानी येन १० को खरिददर नेपाली ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिददर ३२ रुपैयाँ छ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा छ भने कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३३ रुपैयाँ आठ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५७ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ७१ पैसा रहेको छ । यसैगरी, कोरियन वन १०० को खरिददर नाै रुपैयाँ ९२ पैसा र बिक्रीदर नाै रुपैयाँ ९७ पैसा कायम भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।