सदस्य सचिव घिसिङ राखेप फर्किए
फाइल फाेटाे

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ आफ्नो जिम्मेवारीमा फर्किएका छन् ।

सर्वोच्च अदालतले सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्तीसम्बन्धी परेको रिट खारेज गरेपछि सदस्य सचिव घिसिङ बुधबारबाट जिम्मेवारीमा फर्किएका हुन्  ।

सर्वोच्च अदालतका न्यायाधीश अनिल कुमार सिन्हा र कुमार रेग्मीको इजलाशले मंगलबार बर्खास्तीमा परेका राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले दर्ता गराएका रिट खारेज गरेसँगै घिसिङले सदस्य सचिवमा निरन्तरता पाएका हुन् ।

सरकारले कार्यसम्पादन गर्न नसकेको आरोपसहित राखेपका तत्कालीन सदस्य सचिव सिलवाललाई गत १ कात्तिकमा बर्खास्त गरेको थियो ।

यस्तै, सरकारले गत १३ मंसिरमा घिसिङलाई नयाँ सदस्य सचिव नियुक्त गरेको थियाे ।

सिलवालले मन्त्रिपरिषद्को निर्णयविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए । त्यसपछि सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियाे ।



जिम्मेवारी सम्हालेलगत्तै पत्रकारसँग कुराकानी गर्दै घिसिङले एसियाली खेलकुद र राष्ट्रिय खेलकुदलाई प्राथमिकता दिएर काम गर्ने बताए ।

उनले नवौं राष्ट्रिय खेलकुद यही आर्थिक वर्षमा गर्ने र अबको ५ महिनामा हुने एसियाली खेलकुदका लागि तत्काल संघहरूलाई बोलाएर छलफल गर्ने र तयारी थाल्ने बताएका हुन् । 



  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार १२:६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया