रुसले फिर्ता लियो प्रतिवन्ध विरुद्धको अपील

रुसले अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध विरुद्धको अपील फिर्ता लिएको छ । 

आफ्नो राष्ट्रिय टोलीबिनै विश्वकप छनोटका खेल सञ्चालन भएपछि रुसले प्रतिबन्धविरुद्ध ‘कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट्स’ (कास) मा गरेको अपील फिर्ता लिएको हो।

युक्रेनमाथि सैन्य कारवाही अघि बढाएपछि फिफा र युइएफएले रुसको राष्ट्रिय टोलीसहित सबै क्लबलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्ध गरेका थिए ।  

प्रतिबन्धसँगै रुसले विश्वकप युरोपेली छनोट अन्तर्गतको प्ले अफ सेमिफाइनलमा पोल्यान्डविरुद्ध खेल्न पाएको थिएन । 

प्लेअफ खेल मार्च अन्तिममा हुने तय भएकोले रसियन फुटबल युनियन (आरएफयु)ले प्रतिबन्ध केही ढिलो लगाउन आग्रह गरेको थियो । तर, ‘कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट्स’ ((कास)ले यसलाई खारेज गरेको थियो ।

यसै कारण सोझै प्लेअफको फाइनलमा स्थान बनाएको पोल्यान्डले स्वीडेनलाई पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गरिसकेको छ । 



कासले मंगलबार आरएफयुले गतहप्ता गरेको अपील फिर्ता लिएको जनाएको हो । 



  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार १२:२७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया