महन्थ ठाकुरको स्वास्थ्यमा समस्या, हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो
फाइल तस्वीर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा समस्या आएको छ । 

पार्टीको कार्यक्रमको शिलशिलामा भैरहवामा रहेका बेला उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि बुधबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

बुधबार बिहान ठाकुरले आफ्नो स्वास्थ्यमा समस्या आएको बताएपछि भैरहवास्थित भीम अस्पतलमा लगिएको थियो । 

भीम अस्पतालका अनुसार उनको छातीमा समस्या हुनुका साथै उच्च ज्वरो र निमोनियाको समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको हो ।

उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याइएको हो ।
 





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार १५:२३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया