सेयर बजारमा बुधबार पनि दोहोरो अंकको गिरावट
फाइल तस्वीर

नेपाली सेयर बजार नेप्से बुधबार पनि दाेहाेराे अंकले घटेकाे छ । नेप्से  २३ दशमलव ४१ अंकले घटेर २४ सय नजिक आइपुगेकाे छ । २४५१ मा खुलेको बजार २३ अंकको गिरावटपछि २४ सय २८ दशमलब ४१ बिन्दुमा बजार बन्द भएको छ।

बुधबार २२६ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ९९ करोड रुपैयाँ बराबरको काराेबार भएको छ । बजार लगातार घटे पनि होटेल इन्डेक्स २ दशमलब ०२ प्रतिशत र अदर्श शून्य दशमलब ३२ प्रतिशतले बढेको छ ।

बुधबार नेश्डो लघुवित्त १० प्रतिशतले बढेर १५ सय ४५ दशमलव ५ रुपैयाँ, साेल्टी होटेल ३ दशमलब ९९ प्रतिशत बढेर २ सय ३७ र तारागाउँ ३ दशमलब ९४ प्रतिशतले बढ्दा अन्तिम कारोबार तीन सय ६९ रुपैयाँमा भएको छ।

इमर्जिङ नेपालकाे नकारात्मक सर्किट लागेर ११ सय ९० दशमलव ७, ५ दशमलव ४७ प्रतिशतले घट्दा राष्ट्र उत्थान १६६० र बुद्धभूमि ४ दशमलव ०७ प्रतिशत घटेर अन्तिम कारोबार ५६६ रुपैयाँ भएको छ ।





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार १६:७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया