व्यवसायीले भनेजस्तो कुनै पनि उद्योगमा लोडसेडिङ छैन : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीले भने जस्तो १४ घण्टा उद्योगमा लोडसेडिङ नभएको बताएका छन् । 

बुधबार ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले तत्कालीन समयमा भारतबाट विद्युत् खरिद गर्न समस्या आएकाले कहिँकतै विद्युत् कटौती भएको बाहेक कुनै उद्योगमा लोडसेडिङ नगरिएको दाबी गरेका हुन् । 

निर्देशक घिसिङले प्राधिकरणले कुनै पनि उद्योगमा लोडसेडिङ नगरेको बरु केही समस्या भए दुई दिनमा नै समाधान गरेको बताए । कुनै उद्योगमा ट्रान्समिसन लाइनको कारण विद्युत् कटौती भएर बेलुका एक/दुई घण्टा विद्युत् कटौती भएको हुन सक्ने तर प्राधिकरणले समयमा नै जानकारी दिने गरेको बताए ।

निर्देशक घिसिङले यो रुस र युक्रेन बीचको युद्धको कारण विद्युत् आपूर्तिमा देखिएको समस्याको प्रभाव मात्रै हो भन्ने कुरा उद्योगी व्यवसायीले बुझ्नु पर्ने बताए । उनले तीन महिना भारतबाट केही विद्युत् आयात गर्ने तर असारबाट भारतलाई ४ सय मेगावट विद्युत निर्यात गर्ने अवस्था रहेको बताए । असारसम्म नेपालको विद्युत् उत्पादन २३ सय मेगावट पुग्ने निश्चित रहेको दाबी गरे । 





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार १९:१९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया