डेढ महिनादेखि युक्रेनमाथि आक्रमण गरिरहेको रुसमाथि अमेरिकाले थप प्रतिबन्ध लगाएको छ । युक्रेन राजधानी किएभनजिकैको बुचामा दर्जनौं युक्रेनीका शव फेला परेको खबरपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी दुई छोरीलाई पनि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने भएको छ । पुटिनकी छोरीहरू क्याटरिना र मारियाले बाबुको सम्पत्ति लुकाएको भन्दै उनीहरूमाथि प्रतिबन्ध लगाइएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूका अनुसार पुटिनकी छोरी क्याटरिना रुसी सरकार र उसको प्रतिरक्षा प्रणालीलाई सघाउने प्रविधि कम्पनीकी कार्यकारी प्रमुख हुन् । मारियाले रुसी सरकारको अनुदानमा जेनेटिक अनुसन्धान कार्यक्रम चलाइरहेकी छन् । पुटिनकी यी दुवै छोरीको बिहे भइसकेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।