बारको निर्वाचनमा सत्ता गठबन्धननिकट कानुन व्यवसायीको अग्रता
फाइल तस्वीर

नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणना जारी छ । 

आजसम्मको मतगणनाअनुसार कांग्रेसनिकट बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहतर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता लिएका छन् । 

हालसम्म ३३ केन्द्रको मतगणना गर्दा उनले दुई हजार २१५ मत प्राप्त गरेका छन् । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार १२२ प्राप्त गरेका छन् ।
 
प्रमुख निर्वाचन अधिृकत तथा वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार हालसम्म ३३ केन्द्रको मतगणना सम्पन्न भएको छ । आजदेखि आठ स्थानमा मतगणना भइरहेको छ । हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता कायम छ । 

महासचिवमा अञ्जिता खनालले एक हजार ९५१ मत ल्याउँदा उनको प्रतिस्पर्धी केदारप्रसाद कोइरालाको मत एक हजार ३०० ल्याएका छन् । कोषाध्यक्षमा  भरतबहादुर राउतले दुई हजार १५१ मत ल्याउँदा उनका प्रतिस्पर्धी जगतबहादुर कार्कीले एक हजार १७५ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार १४:५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया