बूढीगण्डकी चिनियाँ कम्पनीलाई नदिने निर्णय, अब आफैँ बनाउने

सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई नदिने निर्णय गरेको छ । 

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाबाट चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड (गेजुवा)लाई निकालेर आयोजना सरकारले आफैँले बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । 

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा पनि बुढीगण्डकीबाट गेजुवालाई निकालेको थियो । पछि केपी शर्मा ओली नेतृत्वको सरकारले फेरि आयोजना गेजुवालाई दिने निर्णय गरेको थियो ।





  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार २१:५२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया