अमेरिकाबाट आएको करोडौं रकम फुकुवा गर्न राष्ट्र बैंक सञ्चालक समिति सदस्यले नै बार्गेनिङ गरेको सुनेको छु : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले एकजनाको बैंक खातामा अमेरिकाबाट आएको करोडौं रकम फुकुवा गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको सूचना आफूले पाएको खुलासा गरेका छन् । 

शुक्रबार राष्ट्र बैंकले आयोजना गरेको ‘नेशनल कन्फ्रेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा मन्त्री शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुकुवा गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले ३० हजार डलर माग गरेको सूचना पाएको खुलासा गरेका हुन् । 

उनले राष्ट्र बैंकका गोप्य सूचनाहरू राष्ट्र बैंककै उच्च अधिकारीहरूले मिडियामा दिने गरेको आरोप पनि लगाए । कुनै नागरिक समस्या परेर निवेदन दियो के रहेछ हेरिदिनुसभन्दा मिडिया खोजेर त्यहाँ गोप्य कुराहरू किन पुर्याइन्छ भनेर उनले प्रश्न पनि गरे । 
 
‘राष्ट्र बैंक अर्थमन्त्रालयको सल्लाहकार हो भन्ने सुनेको छु । हो पनि कसैले मलाई फोन गर्दछन् यहाँ अर्थतन्त्रमा ठूलो समस्या भयो भन्छ ।  के रे शेयर किन्ने पैसामा क्याप लाइसक्यो । ४÷१२ गराइयो । किन गराएको भन्ने प्रश्न सोध छ । अनि म गभर्नर साबलाई सोध्छु । के हो यो । के गर्नू भएको हो । के भन्ने हो मैले जवाफ मैले सल्लाहकारलाई सोध्नु त पर्‍यो नि ।  सोध्न अन्त कहाँ जाने ? कहिले कहि बैंकको ब्याज बढ्छ । किन बढ्यो ब्याज भनेर सोध्नु पर्‍यो । कहिलेकाँही कोही आउँछ र निवेदन दिन्छ । त्यो निवेदन के रहेछ हेरिदिनु पर्‍यो भने पछि मिडियालाई बुझाइन्छ । हस्तक्षेप गर्‍यो अर्थमन्त्रीले भन्ने छ । ऐन कानुनले चल्ने हो,’ उनले भने । 

अर्थमन्त्री शर्माले अगाडि भने, ‘कतिपय सूचनाहरू हुन्छन् रिपोर्ट गर्नुपर्ने रिपोर्ट हुँदैन । बदमासी भइरहेको हुन्छ । एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको छु आधिकारिक कुरा थाहा छैन मलाई । ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको सञ्चालक समिति सदस्यले अनि हाम्रो यहाँ पारदर्शिता हुन्छ । यस्ता कुराहरू हामीले सच्याउनुपर्छ ।’   





  • प्रकाशित मिति : चैत २५, २०७८ शुक्रबार १३:०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया